जग्गा सम्वन्धी काम एक वर्ष भित्रमा सम्पन्न गर्ने लक्षः लक्ष्मी देवी पाण्डे


हुप्सेकोट गाउँपालिकामा भुमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी लाई लालपुर्जा दिने काम छिटोभन्दा छिटो सुरु गरिने गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्वर ३ मा लगत प्रविष्टीको निस्सा वितरण कार्यको सुरुवात गर्दै अध्यक्ष पाण्डेले जग्गा सम्वन्धी काम एक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष रहेको वताउनु भएको हो ।

वडा नम्वर ३ का भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत प्रविष्ट सकिएकाले निस्सा वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले वताउनु भयो । वडा नम्वर २ मा जग्गाको नाप जाँच सुरु गरिसकिएकाले अव क्रमश सवै वडाहरुमा जग्गा नाप जाँच को काम समेत अघि वढाइने वताइएको छ ।
हुप्सेकोट गाउँपालिकामा भुमीहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरि २६ सय जनाको लगत प्रविष्ट गरिएको जनाइएको छ । हुप्सेकोट गाउँपालिकाले वडा नम्वर २ मा निस्सा वितरण गरीसकेर ७ दिने र १५ दिने सूचना निकाले पछि नाप जाँच सुरु गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो । पहिलो चरणमा वडा नं २ का निस्सा वितरण भएका भुमिहिन दलित ७३, भुमिहिन सुकुम्बासी ८० र अव्यवस्थित बसोबास ४२२ जनाको नाप जाँच सुरु गरिएको हो ।
जिल्लाका ८ वटा स्थानिय तह मध्ये हुप्सेकोट गाउँपालिकाले स्थानीय तहको तर्फबाट गर्नु पर्ने काम सकेकाले हुप्सेकोट गाउँपालिका बाट काम सुरु गरिएको हो । लामो समय देखि जग्गा भोग गरि आएका तर भोगाधिकार नपाएका नागरिकहरुलाई सहज तरिका बाट लालपुर्जा वितरण गर्ने कार्यमा गाउँपालिका प्रतिवद्ध रहेका अध्यक्ष पाण्डेले वताउनु भयो ।

प्रतिक्रिया