छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं – मोरङ, बुढीगंगा गाउँपालिका-३ पाईनियर फ्याक्ट्री अगाडि सडकमा बा.११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा कारमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ, विराटगर महानगरपालिका-१२ स्थित भित्री सडकमा को.२१ प ५६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-१ बस्ने ४२ वर्षीय रंजित कुमार शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, मेचिनगर नगरपालिका-१२ कालिझोडास्थित सडकमा को.२० प ४ नम्बरको मोटरसाइकल मे.१ त ७०६३ नम्बरको ट्याक्टरमा ठक्कर खाई बिहीबार राति दुर्घटना मोटरसाइकलमा सवार सोही नगरपालिका-१३ बस्ने ३० वर्षीय युवराज लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घानामा घाइते भएका मोटरसाइकल चालक कन्काई नगरपालिका-६ दुर्गापुर बस्ने ३५ वर्षीय दिलिप कुमार कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापा, बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित सडकमा मे.१० प ६०७ नम्बरको स्कुटर र प्र.१-०१-००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर नगरपालिका-१३ बस्ने ३२ वर्षीय पशुराम लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार मेचीनगर नगरपालिका-१३ बस्ने ३० वर्षीया मनिषा लिम्बुको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, ब्यास नगरपालिका-१२ मुसेखोला पुल नजिक सडकमा ना.७ ख ९२३७ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १० मिटर तल पल्टिएर गएराति दुर्घटना हुँदा ट्रक चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको  घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार नवलपरासी कावासोती बस्ने १४ वर्षीय राजकुमार बिकलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा से.४ प ८७३ नम्बरको मोटरसाइकल रोकी राखेको ना.४ ख ३४२५ नम्बरको ट्रकमा ठोकिएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-२ बस्ने ३० वर्षीय टेक बहादुर बोहराको मृत्यु भएको छ । दुर्घानामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-२ बस्ने ३० वर्षीय राम बहादुर पालको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-७ ज्यामिरेस्थित सडकमा लु.३७ प ६९५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवल नगरपालिका-४  रमवापुर बस्ने २७ वर्षीय बिष्णु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर  घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया