डर्टमुन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकप


काठमाडौं – बोरुसिया डर्टमुन्डलाई हराउँदै जर्मन सुपरकप बायर्न म्युनिकले जितेको छ । मंगलबार भएको खेलमा रोबर्ट लेवनडोस्कीको २ गोलमा बायर्नले डर्टमुन्डलाई ३–१ ले हराएको हो ।

जर्मन फुटबलका दुई ठूला क्लबीचको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । पहिलो हाफमा लेवनडोस्की र थोमस मुलरले एक एक गोल गरेका थिए । डर्टमुन्डका कप्तान मार्को रुएसले एक गोल फर्काएपछि लेवनडोस्कीले दोस्रो गोल थपे ।

प्रतिक्रिया