बालविवाह रोक्न अभिभावकलाई तालिम


बझाङ – बझाङको बिथ्थडचिर गाउँपालिकामा बालविवाह रोकथामका लागि अभिभावकलक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । बालविवाहका कारण हुने हिंसालाई कम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष तथा यूएनएफपीएको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङको सहकार्य तथा आयोजनामा तीन दिने तालिम सञ्चालन गरिएको हो । बिथ्थडचिर गाउँपालिकाले १, २ र ३ नम्बर वडाका अभिभावकलाई हिजो शनिवारदेखि भोलि (साेमवार)सम्म तालिम दिइने जानकारी दिएको छ ।

किशोर किशोरीलाई मात्रै तालिम दिँदा कम प्रभावकारी भएको भन्दै अभिभावकलाई नै तालिम दिइएको गाउँपालिकाले जनाएको छ।तालिममा सहभागी अभिभावकहरुले आफूहरुको उमेर नपुग्दै विवाह भएका कारण निकै दु:ख खेप्नु परेको भन्दै छोराछोरीको विवाह भने २० वर्षपछि मात्रै गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया