ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडलाई


काठमाडौं – एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोलले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।

भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक/एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए ।

एट्लेटिकोले उपाधि हात पार्न ३८ खेलमा ८६ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडको ८४ अंक रह्यो । भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।

प्रतिक्रिया