आज र भोलि नवलपुरमा २७ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईदै


नवलपरासी (पूर्व)का २६ हजार ९ सय १४ बालबालिकालाई आज र भोलि  भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का प्रमुख केशव प्रसाद चापागाईका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या २६ हजार ९ सय १४ रहेको छ । यी सबै बालबालिकालाई भिटामिन ए खुवाईदै छ । उहाँका अनुसार एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि साथै खुवाईने छ । यो उमेर समूहमा २३ हजार ९ सय ३१ जनसंख्या रहेको छ ।

३५९ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने चापागाईले जानकारी दिनुभयो । प्रत्येक वडामा तोकिएको बुथमा गएर औषधि खुवाउन सकिने उहाँले बताउनुभयो ।

हरेक वर्ष कात्तिक २ र ३ गते हुँदै आईरहेको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम यस वर्ष दशैंका कारण केही पछि सारेर कात्तिक १७ र १८ गते गरिएको हो ।

प्रतिक्रिया