मध्यविन्दुको मानव बस्ती पसेर दुःख दिँदै आएका बाघ समातियो
मध्यविन्दु , २७ भदौ,
नवलपरासी९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–२ मा मानवबस्तीमा पसेर घरपालुवा जनावर खाँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले गएराति उक्त बाघलाई नियन्त्रणमा लिइएको हो । बाघ नियन्त्रणका लागि खटिएको निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताउनु भयो । बाघ समात्न छ वटा हात्तीसहित मंगलबार राति चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी खटिएका थिए ।
उक्त बाघले गत सोमवार राति स्थानीय हेमकान्त चौधरीको गोठका दुईवटा गाईलाई सिकार गरेर मारेको थियो । त्यसको अघिल्लो दिन त्यही क्षेत्रमा ७ वटा बाख्रा र एउटा बंगुर मारेको थियो ।
निकुञ्जको टोलीले नै मध्यविन्दु नगरपालिका–४ वाट सोमवार सात महिनाको पोथी बाघ नियन्त्रणमा लिएको थियो । निकुञ्जको टोलीले समातेको बाघलाई कसरा लगिएको सूचना अधिकारी तिवारीले बताउनु भयो ।
पछिल्लो केही दिन यता चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र रहेको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थानमा बाघको आतंक बढेको थियो । बस्तीमा नै पसेर बाघले घर पालुवा जनावरहरू मार्न थालेपछि साँझको समयमा स्थानीयहरु घरबाट बाहिर निस्कन समेत डराएका थिए ।