उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने


काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सोबारे जानकारी दिएका हुन् ।

साथै, निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड नन्कोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न निर्देशन दिएको अर्यालले बताए ।

संक्रमितहरूको चापलाई मध्यनजर गर्दै पाटन, थापाथली प्रसूति गृह, ट्रमा सेन्टर, टिचिङ अस्पताल, वीर अस्पताललगायतका सबै सरकारी कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए । बेड अभाव र सहज उपचारको व्यवस्था मिलाउन यस्तो निर्णय गरिएको अर्यालको भनाई छ ।

प्रतिक्रिया