प्रथम शहीद लखन थापाको १४६ औँ स्मृति दिवस मनाइयो


२ फागुन, नवलपुर ,

मंगलबार नेपालका प्रथम शहीद क्या. लखन थापाको १ सय ४६ औँ स्मृति दिवस मनाईएको छ । नवलपुरको कावासोती नगरपालिका १ पोखरी ताल परिसरमा निर्माण गरिएको थापाको शालिकमा मल्याणपर्ण गर्दै स्मृति दिवस मनाइएको हो । नेपाल मगर संघ नगर समिति कावासोतीको आयोजनामा भएको उक्त कार्यक्रमको नगर संघका अध्यक्ष सुनमाया थापा मगरको सभाध्यक्ष्ता रहेको थियो । नेपालको इतिहासमा प्रथम शहीदको गरिमामय स्थान प्राप्त गरेका लखन थापा मगरको जन्म वि.सं.१८९१ सालमा गोरखाको बुङकोट–४ काहुले भञ्ज्याङमा भएको थियो । देश र जनताको मुक्ति र स्वतन्त्रताको लागि जहानिय तानाशाहि अधिनायकबादी शासनको विरुद्ध मा आवाज उठाएका कारण उनलाई वि.सं. १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा मनकामना मन्दिरको परिसरमा लखन थापा र उहाँका सहकर्मी जैसिं चूमि मगरलाई फाँसी दिई हत्या गरेका थिए ।

नेपालमा ज्ञात अज्ञात सहिदहरु छन् । जस अनुसार नेपालमा अहिले सहीद भन्नाले वि.स.१९९७ सालमा सहीद भएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मात्र बुझ्ने गरिन्छ । तर यी चार सहीदहरुका पनि प्रेरणाका स्रोत बनेका क्याप्टेन लखन थापा मगरलाई राज्यले मगर समुदायको दबाबका कारण सहीद घोषणा गरेता पनि प्रथम सहीद भन्न भने हिच्किचाइरहेको अवस्था छ । यस्तो अबस्थामा लखन थापालाई सरकारबाट अरु सहिदहरुलाई जति नै मान्यता दिनु पर्ने , जातिको आधारमा विभेद गर्न नहुने नेपाल मगर संघका पदाधिकारीको भनाइ छ ।

वि.स.२०५६ सालमा शहीदको सूचीमा राखेका थापालाई नेपाल सरकारले वि.स.२०७२ साल असोज ३ गते मात्रै प्रथम शहीदको औपचारिक मान्यता दिएको हो । मन्त्री परिषद्को निर्णयले प्रथम सहिद घोषणा गरे पनि व्यवहारमा लागु नभएको भन्दै मगर समुदायले दुख व्यक्त गरेका छन् । सरकारी कार्यलयहरु लगायत अन्य संघसस्थाहरुमा राखिने अन्य सहिदको स्थानमा प्रथम सहिद लखन थापा मगरको तस्विर राख्नु पर्ने , र लखन थापा मगरको स्मृति दिवसको दिन सार्वजनिक विदाको व्यवस्था गर्नेुपर्ने जस्ता माग मगर समुदायको छ ।

प्रतिक्रिया