निषेधाज्ञामा करदाताले घरबाट कर तिर्न सक्ने


काठमाडौं – आन्तरिक राजस्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताले घरबाट कर तिर्न सक्ने जनाएको छ ।विभागले विभिन्न एपहरूको माध्यमबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

विभागले प्रविधिसँग जानकार नभएका व्यक्तिले लकडाउनका कारण समयमा कर नतिर्दा दण्डित हुनु नपर्ने व्यवस्था मिलाएको पनि जनाएको छ । विभागले कर तिर्न बढी भन्दा बढी प्रविधिको प्रयोग गर्न सबै करदातालाई अपिल गरेको छ । एनसिएचएल प्रणालीको माध्यमबाट एक पटकमा १० लाख रूपैयाँसम्म कर तिर्न सकिने समेत उल्लेख गरिएको छ ।

विभागले ९० देखि ९५ प्रतिशत काम अनलाइनबाटै हुने जानकारी दिँदै विवरण बुझाउने, कर तिर्ने, २० लाख रूपैयाँसम्मको कारोबार गर्नेले कर चुक्ताको प्रमाणपत्र पनि अनलाइनबाटै पाउने जनाएको छ ।

हाल मुलुकभर ५६ वटा जिल्लामा आन्तरिक राजस्व विभागको कार्यालय छन् । अधिकांश ठाउँका कार्यलयमा बैंक काउण्टरसमेत छन् ।

प्रतिक्रिया