लोकतन्त्र रोज्ने कि तानाशाही प्रवृत्ति रोज्ने नेपाली जनताले फैसला गर्ने दिन आयोः डा.कोइराला


नवलपरासी पूर्व,
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नम्वर १ का उम्मेदवार डा.शशांक कोइरालाले अब लोकतन्त्र रोज्ने कि तानाशाही प्रवृत्ति रोज्ने नेपाली जनताले फैसला गर्ने दिन आएको बताउनुभएको छ । नवलपुरको देवचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा.कोइरालाले मङ्सिर ४ को निर्बाचन पछि मुलुकको आर्थिक समृद्धि हुने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो ।
“कांग्रेस लोकतन्त्रमा बिश्वास राख्ने ऐतिहासिक पार्टी भएकाले यसलाई रोज्ने कि अधिनायकबादी साम्यबाद रोज्ने त्यो जनताले फैसला गर्ने दिन आएको छ” उहाले भयो “यसकारण पनि यो निर्बाचन मा काग्रेंस पहिलो पार्टी हुने छ । ”
उहाँले कांग्रेस २०४८ देखि धेरै पटक सत्तामा रहदा असंख्य काम भएकोले कांग्रेसकोे बिजयलाई एमालेको छलछामले रोक्न नसक्ने र संविधानको रक्षा लोकतान्त्रीक शक्तिले गर्ने बताउनुभयो । उहाले भन्नु भयो “मुलुकमा कांग्रेसको नेतृत्वमा धेरै सरकार बनेको छ,मुलुकले बिकासमा धेरै फड्को मारेको र अब पनि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले बिकासमा कायापलट गर्ने छ ।”
सम्बोधन गर्दै कोइरालाले यसपटक जितेपछि अर्काे पटक कुनै पनि क्षेत्रबाट उम्मेदवारी नदिने घोषणा गर्नु भएको छ । “यसपटक जितेपछि पाँच बर्षसम्म नवलपुरको विकासका लागि मेहेनत गर्नेछु ।” कोइरालाले भन्नु भयो “मेरो सपना पूरा गर्ने बित्तिकै राजीनामा दिनेछु ।” कोइरालाले दलदले देखि कुमसोतको बाटो निर्माण, पोखरा जोड्ने बाटो, खेलमैदान, पूर्वपश्चिम राजमार्ग, नारायणीको तटबन्धन र ट्रमा सेन्टर जस्ता सम्पूर्ण कामहरु क्रमशै गर्दै जाने बताउनु भयो ।

प्रतिक्रिया