विभिन्न पार्टि परित्याग गरि १२७ जना कांग्रेसमा प्रवेश
नवलपुर जिल्ला क्षेत्र नं १ अन्तर्गत १२७ जना युवा विधार्थी नेपाली कांग्रेसको भात्री संगठन नेविसंघमा प्रवेश गरेका छन । बिपि भवनमा भएको एक कार्यक्रममा विधार्थीहरु नेविसंघमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गराउदै कार्यक्रमका प्रमुख अतिथि एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा शशांक कोईरालाले नेपाली कांग्रेसलाई रोजेर बेलैमा सचेत हुनुभएको र अब नेविसंघबाट राम्रा र उदारणिय काम गर्नलाई शुभकामनासमेत दिनु भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख सचेतक ओमकला गौतम , गण्डकी प्रदेश नेपाली कांग्रेस समानुपातिक उम्मेदवार एकनारायण अधिकारी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उक्त पार्टी प्रवेश कार्यक्रमको समन्वय नेविसंघ क्षेत्र नं १ अनुगमन समितिका संयोजक अबिराज थापा क्षेत्रीले गर्नु भएको थियो ।