यी हुन् चुनावको दिन चलाउन पाइने सवारीसाधन


निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने मतदानको दिन केही सवारीसाधन प्रयोग गर्दा छुट्टै अनुमतिपत्र लिनु नपर्ने व्यवस्था गरेको छ । तर, त्यस्ता सवारीसाधनहरू मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।

मंसिर ४ गते चलाउन पाइने सवारीसाधन–
– बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल,
– खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन,
– दूध बोक्ने सवारीसाधन,
– सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन,
– दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन,
– अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन,
– निर्वाचन आयोगबाट जारी परिचयपत्रवाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन,
– तरकारी, फलफूल तथा विद्युत् सेवका लागि प्रयोग हुने सवारीसाधन,
– कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बरप्लेट भएको सवारीसाधन,
– विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बरप्लेट भएको सवारीसाधन,
– सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन,
– आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधन ।

प्रतिक्रिया