तेल अभिभ विश्वको सबैभन्दा महँगो शहर, यी हुन् १० महँगा शहर वर्ष २०२१


काठमाडौं – तेल अभिभ विश्वको सबैभन्दा महँगो शहर भएको छ । इकोनोमिस्ट म्यागाजिनले गरेको वार्षिक सर्वे अनुसार इजरायली शहर तेल अभिभ विश्वकै महँगो सहर ठहरिएको हो ।

महँगा शहरको सूचीमा पेरिस र सिङ्गापुर संयुक्त रूपमा दोस्रो स्थानमा छन् । सिरियाको राजधानी दमास्कस विश्वकै सबैभन्दा सस्तो शहर भएको छ ।
विश्वका सबैभन्दा महँगा १० शहर
१. तेल अभिभ
२. पेरिस र सिंगापुर
४. ज्युरिच
५. हङकङ
६. न्युयोर्क सिटी
७. जेनेभा
८. कोपनहेगन
९. लस एन्जलस
१०. ओसाका

एजेन्सी

प्रतिक्रिया