स्वास्थ्यमा सुधार भएपछि नेता खनाल सोमबार स्वदेश फर्कने


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार (भोलि) स्वदेश फर्कने भएका छन् । उनी गएको असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए ।

सोमबार काठमाडौं आउने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनालको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्कन लागेको उनले बताए ।

खनाल दिल्ली जाँदा नेकपा (एमाले) को विवाद उत्कर्षमा थियो । उनले दिल्लीबाट नै आफू नेकपा (एकीकृत समाजवादी) मा रहेको भन्दै सनाखत गराएका थिए ।

प्रतिक्रिया