गोकर्णेश्वर मन्दिरमा लाग्ने कुशे औँसी मेला नलाग्ने


काठमाडाैं – कोरोना भाइरसको जोखिम कायमै रहेकाले यस वर्ष काठमाडाैंको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना सङ्क्रमण बढिरहेका बेला लाखौँ भक्तजनको उपस्थितिमा हुने मेला लगाउँदा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगित गर्न बाध्य भएको उनले बताए । हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिधादान र पिण्डदान गर्न लाखौँ भक्तजन पुग्ने गर्छन् ।

भाद्रकृष्ण औँसीमा त्यहाँ पुगेर जलदान, सिधादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । गएको वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगित गरिएको थियो । यसपालि भदौ २२ गते कुशे औँसी परेको छ ।

प्रतिक्रिया