किशोर किशोरीहरुलाई अनलाइन सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न 


कावासोती नगरपालिका वडा नम्बर १४ त्रिभुवनटारमा रहेको जनता माध्यमिक बिधालयमा अध्ययनरत किशोरकिशोरीलाई अनलाइन सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ।
आजकल बालबालिका र किशोरकिशोरीहरु नै बढी मात्रामा मोबाईलको प्रयोग गर्ने गरेको र विभिन्न हिंसा, दुर्व्यवहारमा पर्ने गरेको विभिन्न अध्ययनले देखायको छ ।
सामाजिक संजालको दुरुपयोग गर्ने र विभिन्न सामाजिक अपराधका घटनामा बालबालिका र किशोरकिशोरीहरु फसिरहेको देखियको छ ।
सामाजिक सन्जालको सुरक्षित प्रयोग र सुरक्षित हुनका लागि सचेत गराउने उदेश्यले किशोरकिशोरीहरुलाई लक्षित गरि बिधालय र समुदाय लक्षित अभियानको रुपमा कार्यक्रम कावासोतीका सवै बिधालयमा आयोजना गरिरहेको आयोजक सस्थाका सामाजिक परिचालक राधा बोटेले बताउनुभयो ।
कार्यक्रममा सहजकर्ता रेजिना घर्ती मगरले अनलाइन सुरक्षा र साइबर अपराध भनेको के हो ? अनलाइन सुरक्षाका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ? साइबर अपराधले शारीरिक, मानसिक र सामाजिक रुपमा पार्ने नकारात्मक प्रभावहरु केके हुन् ? कुनै समस्या र अपराध भएमा समन्वय गर्ने निकाय र हटलाइन नम्बरहरु केके हुन् भनेर जानकारी दिइएको छ ।
विद्यालय बाल क्लवका अध्यक्ष आयुष वस्ताकोटिको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ. हेमराज महतोको प्रमुख अतिथ्यता रहेको थियो।
सो कार्यक्रममा विद्यालय बालक्लवका सम्पर्क शिक्षक र अन्य शिक्षकहरु, विद्यालय बालक्लवका प्रतिनिधिहरु, विद्यालयमा अध्ययनरत अन्य किशोरकिशोरीहरु, साथी शिक्षकहरु र संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
किशोरी अभियन्ताहरु रेजिना घर्तीमगर, खिमा मुसहर र रजिता न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यक्रम क्यान्नलान स्विजरल्याण्डको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, कावासोती वडा नं १४ को कार्यालय, नवलपुर किशोरी संजाल र विद्यालयको समन्वयमा गरिएको हो ।
उक्त कार्यक्रममा किशोरकिशोरी, शिक्षक, किशोरी अभियन्ता र सहजकर्ताहरु गरि ९१ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया