टिकौली जङ्गलमा एकसाथ ८ वटा सवारी दुर्घटना, २० जना घाइते


चितवन । भरतपुर महानगरपालिका ९ टिकौली जङ्गलमा एकसाथ ८ वटा सवारी दुर्घटनामा परेका छन् ।

घटनामा २० जना घाइते भएका छन् । ७ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आज करिब पौने १२ बजे भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकि देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो दुर्घटनामा ४ वटा मोटरसाइकल र २ वटा स्कुटरलाई समेत ठक्कर दिएको छ ।

मोटरसाइकलहरु बा.प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५ प ९७, ना ६२ प ६०३२, बा.प्र.०३–००१ प ४१४७, त्यस्तै बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नम्बरको स्कुटर ठोक्किन पुगेको प्रहरी जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार तिब्र गतिमा रहेको कलेज बसले ठक्कर दिएको हो । बस चालक गैँडाकोट नगरपालिका ९ बस्ने २६ वर्षका आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय टाँडी, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोन्द्राङबाट खटिएका प्रहरी एवं यात्रुले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएका हुन् ।

घटनाका घाईतेहरु 

भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१.जि.चितवन खैरहनी न.प.४ बस्ने बर्ष अं.६०/६५ को कृष्ण ब.तामाङ गम्भिर ।
२.जि.मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष अं.६०/६५ को महोन तामाङ गम्भिर ।
३.जि.चितवन खैरहनी न.पा.१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ गम्भिर ।
४.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को कुसुम ब.राना गम्भिर ।
५.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ गम्भिर ।
६.जि.चितवन र.न.पा.९ बस्ने बर्ष अं.३०/३५ को किशोर तामाङ गम्भिर
७.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को डोल ब.कार्कि गम्भिर ।
८.जि.चितवन र.न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।
९.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।
१०.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।
११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम
१२.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ मध्यम ।

नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते

१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम

   पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१.बा.प्र.०३–००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य
२.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।
३.बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।
४. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम ।
५. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।
६. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।
७. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।

प्रतिक्रिया