नेवाः देय दबु नवलपुरले असोज १ गते जिल्ला स्तरीय लाखेनाँच प्रतियोगिता गर्ने


नवलपुर ।

नेवाः देय दबु नवलपुरले कावासोतीमा असोज १ गते जिल्ला स्तरीय लाखेनाच प्रतियोगिता गर्ने भएको छ । नेवारहरुको सांस्कृतिक पर्वको अवसर पारेर नवलपुर भरिका नेवाः गुठीहरुबाट प्रतियोगि समावेश गरी लाखेनाँच प्रतियोगिता गर्ने भएको नेवाः देय दबु नवलपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । नेवा देय दबु नवलपुरका आयोजना, नेवाः देयः दबु नगर समिति तथा गाउँ समितिहरुको सहआयोजनामा लाखे नाच प्रतियोगिता गर्ने भएको हो । नेवारहरु कला संस्कृतिको संरक्षण र प्रचारप्रसारका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेवाः देयः दबु नवलपुरका बरिष्ठ जिल्ला उपाध्यक्ष मित्रलाल श्रेष्ठले जानकारी दिए । त्यसैगरी साउन २४ गते कावासोतीमा नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मनाइने २९ औं विश्वआदिवासी जनजाति दिवसमा नेवा समुदायका सबै गुठीबाट सक्रिय पूर्वक सहभागी हुने निर्णय समेत गरिएको उनले बताए । त्यसैगरी नेवाः देय दबु नवलपुरका गैडाकोटमा भएको वैठकले नेवार समुदायको सांस्कृतिक पर्वमा सबै गुठीहरुलाई लाखेनाँच लगायतका घोडे जात्रा, रोपाई जात्रा, कृष्ण जात्रा, गाई जात्रा आदि सांस्कृतिक पर्व प्रत्येक गुठी गुठीमा धुमधामका साथ मनाउन निर्देशन गर्ने निर्णय समेत भएको नेवाः देय दबु नवलपुरका जिल्ला सचिव रामकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया