रुसले बनायो एक डोज मात्र लगाए पुग्ने कोरोना खोप


काठमाडौं – विश्वमा सबैभन्दा पहिले कोरोना खोप बनाएको रुसले फेरि पहिलो ‘सिंगल डोज’वाला खोप बनाएर देखाएको छ । अहिलेसम्मका कोरोना खोप दुई डोज लगाउनुपर्ने खालका मात्र छन् ।

यस अवस्थामा रुसले एक डोज मात्र लगाउँदा मात्रा पूरा हुने ‘स्पुतनिक लाइट’ खोप बनाएको हो । यो प्रयोगका लागि अनुमति समेत प्रदान गरिसकिएको त्यहाँका स्वास्थ्य अधिकारीले बिहीबार जानकारी दिएका हुन् ।

रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का अनुसार यसअघिको दुई मात्रा लिनुपर्ने स्पुतनिक–भीको प्रभावकारिता ९१.६ प्रतिशत छ भने अहिलेको एक मात्रा लगाउनुपर्ने ‘स्पुतनिक लाइट’ ७९.४ प्रतिशत प्रभावकारी देखिएको छ ।

रुसले पहिले बनाएको स्पुतनिक–भी खोपकै एक मात्रा मात्र लिँदा पुग्ने अर्काे संस्करण ‘स्पुतनिक लाइट’ विकास गरेको हो । यसले महामारी रोक्नमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसको मूल्य प्रतिडोज १० डलर अर्थात् नेपाली रुपैयाँ ११८० भन्दा कम पर्ने आरडीआईएफले जनाएको छ । एजेन्सी

प्रतिक्रिया