हिमालय एयरलाइन्सको टिकटको मिति परिर्वतन हुने शुल्क नलाग्ने


काठमाडाैं – सरकारले शुक्रबार देखि अन्तराष्टिय उडान सात दिनका लागि बन्द गर्ने निर्णय गरेसँगै हिमालय एयरलाइन्सले उक्त अवधिको टिकट शुल्क विनानै मिति परिर्वतन गर्न पाउने सुविधा दिएको छ । कम्पनीले सूचना जारी गर्दे काटिएको टिकटका लागि तीन महिना भित्र एक पटक मिति परिर्वतन गर्न सक्ने सुविधा दिएको जनाएको हो ।

सरकारले शुक्रबार राती १२ बजे देखिनै नियमीत रुपमा हुने अन्तराषि्ट्रय उडानको तालिका बैसाख ३१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । नेपालबाट अन्तराष्टिय उडान भर्ने एकमात्र निजी वायुसेवा कम्पनीले हाल अबुदुवी, वेजिङ, चाङगाइ, दमाम, ढाका, दोहा, दुवइ, क्वालालम्पुर, रियादमा उडान भर्दे आएको छ ।

एयरल्यान्सको शुक्रबारको उडान नियमीत हुने जनाएको छ । कम्पनीले सूचना जारी गर्दै शुक्रबार हुने दमाम–काठमाडौं र क्वालालम्पुर– काठमाडौंको उडान नियमीत हुने जनाएको हो । सरकारले आन्तरिक उडान समेत बैसाख २० गते देखि ३० गतेसम्मका लागि उडान स्थगित गरेको छ ।

प्रतिक्रिया