आजदेखि थपिए आठ जिल्ला ,अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा


काठमाडौं – आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्व र बागलुङमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ ।

यी जिल्लामा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।

प्रतिक्रिया