अज्ञात समूहको आक्रमणमा १९ जनाको मृत्यु


काठमाडौं – बुर्किना फासोमा अज्ञात हतियारधारी समूहको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । बुर्किना फासोको सरकारी अधिकारीले दिएको जानकारीअनुसार आइतबार सान्माटेन्गा प्रान्तको सैन्य क्याम्पमा यो आक्रमण भएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो आक्रमणमा मृत्यु हुनेमा १० आम नागरिक र नौजना प्रहरी अधिकारी छन् ।

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यसअघि नोभेम्बर १४ मा पनि सहेल प्रान्तस्थित सैन्य क्याम्पको अज्ञात समूहले आक्रमण गरेको जसमा ४९ सैनिकसहित ५३ जनाको मृत्यु भएको थियो ।

सन् २०१५ यता बुर्किना फासोको सुरक्षा अवस्था कमजोर बनेको छ । त्यसयता भएका विभिन्न आक्रमणमा एक हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ भने १० लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया