आइतबार सुनचाँदीको बजारभाउ, कतिमा हुँदैछ काराेबार?


काठमाडौं – आज आइतबार नेपालको स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो ।

जसअनुसार, महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकेको छ । यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । आज सुनको मूल्य स्थिर भएपनि चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको महासंघले बताएको छ ।

गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया