वीरेन्द्रनगरमा गाडी दुर्घटना हुँदा ९ जना घाइते


सुर्खेत -बुधवार बिहान वीरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्खेत–जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार वीरेन्द्रनगरको रेडियो नेपाल चोकमा अनियन्त्रित भए दुर्घटना भएको थियो । दुर्घटनामा घाइतेहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया