आधा घण्टामै सकियो सुरक्षा परिषद्को बैठक, विरोध प्रदर्शन र सुरक्षाबारे छलफल


काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान सवा ११ बजे सुरु भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक पौने १२ बजेसम्म बसेको स्रोतले जनाएकाे छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव बोगेन्द्रराज शर्मा पौड्याललगायतको सहभागिता थियो ।

बैठकमा देशको शान्ति सुरक्षा, एमसीसीको विरोधमा भइरहेका विरोध प्रदर्शनबारे छलफल भएको स्रोतले जनायो । प्रधानसेनापति बनेपछि शर्मा पहिलो पटक सुरक्षा परिषद्को बैठकमा सहभागी भएका हुन् । उनले बिहीबारमात्र प्रधानसेनापतिको कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया