सर्पकाे टाेकाइबाट बालकको मृत्यु


डाेटी – विषालु सर्पकाे टाेकाइबाट डाेटी पूर्वीचौँकी गाउँपालिका-६ मा एक बालककाे ज्यान गएकाे छ ।

विषालु सर्पको टाेकाइबाट पाँच वर्षीय बालक हेमराज भण्डारीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय डोटीका सह-प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

हिजाे बेलुकी आँगनमा खेलिरहेको समयमा उनलाई विषालु सर्पले टाेकेकाे थियो । बालकलाई जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गएराति नै ज्यान गएको प्रहरीले जनाएको छ।

डाेटीमा गर्मीबढैसँगै सर्पदंशका बिरामीहरु बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया