स्याफ्रुमा पहिरोका कारण चार घर भत्किए, दुई जना घाइते


रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुमा पहिरोका कारण चार घर भत्किएका छन् । पहिरो आएपछि भाग्ने क्रममा दुई जना घाइते भएका छन् ।

३२ वर्षका सोनाम दोर्जे तामाङ र २२ वर्षका सुप्पा दोर्जे तामाङ घाइते भएका प्रहरीले जनाएको छ । पहिरोले कामी पासाङ तामाङ, राजु लामा, कर्पु लामा र सन्तोष लामाको एक तले पक्की घर भत्किएको हो । यस्तै, पहिरोले सात घरमा सामान्य क्षति गरेको छ ।

जोखिम बढेसँगै त्यहाँका स्थानीय बासिन्दालाई गाउँपालिकाको पुरानो भवनमा सारिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । उनका अनुसार केही परिवार भने हिजो राति नै सरिसकेका थिए ।

स्थानीय बासिन्दाले २२ घरधुरी पहिरोको जोखिममा परेको भन्दै यसअघि नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया