परीक्षा स्थगित गरे पनि अब विकल्प दिन ढिला गर्न नहुनेः शिक्षाविद्


काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरे पनि विकल्प नदिएपछि विद्यार्थीमा अन्योल बढेको छ । विकल्प नदिएपछि झण्डै ४ लाख विद्यार्थी अलमलमा परेका छन् ।

बोर्डले हिजो कक्षा १२ को परीक्षा स्थगित गरी १५ दिन अगाडि परीक्षाको सूचना निकाल्ने जनाएको छ । परीक्षा स्थगित हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी विकल्पसहित आवश्यक निर्णय गर्ने बताएका थिए । तर विकल्प नदिएर परीक्षा स्थगित गर्दा अलमल भएको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् ।

विद्यार्थीलाई विकल्प दिनुपर्नेमा शिक्षाविद्को पनि जोड छ । शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थीलाई अलमलमा राख्न नहुने र त्यसका लागि विद्यालय र सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले जेठमा हुनुपर्ने परीक्षा दुई महिना ढिला भइसकेको अवस्थामा अब विकल्प दिन ढिला गर्न नहुने बताए।

कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु गर्नेगरी यसअघि तालिका सार्वजनिक भएको थियो । गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि बोर्डले कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित गरेको थियो ।

प्रतिक्रिया