सुस्ता जलमग्न, स्थानिय रातभर घर छाडेर आश्रयस्थलमा


पश्चिम नवलपरासी- पचिम नवलपरासीको सुस्तामा तटबन्ध भत्काएर गएराती बाढि पसेपछि नारायणी पारीको सुस्ता गाउँ जलमग्न भएको छ । नारायणी नदिमा आएको बाढि सुस्ता गाउमा पसेपछि सुस्ताका झन्डै दुई सय घर डुबानमा परेका छन् ।

एक नम्बर ठोक्कर नजिकै सैनिक टोलबाट नारायणीको बाढि बस्तीमा पसेको हो । सुस्तामा रहेका शसस्त्र र जनपथ प्रहरीको चौकि समेत डुबानमा परेको छ । सुस्ताको अधिकांश स्थान डुबानमा परेपछि रातभर स्थानिय सुस्तामा बनाइएको आश्रयस्थलमा बसेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो ।

बाढीका कारण खाद्यान्न लत्ता कपडा डुबानमा परेकाले अहिले सुस्तावासीलाई समस्या भएको छ। स्थानिय प्रहरीको सक्रियतामा अहिले स्थानियलाइ राहत र पुनःस्थापनाको काम भइरहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।

नारायणी नदिमा अहिले पानिको बहाव भने केहि घटेको छ । राती ५ लाख ५६ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको पानिको बहाव अहिले ५ लाख २४ हजार क्युसेक रहेको छ ।

नवलपरासीमा अविरल वर्षा पछिको बाढिले बर्दघाटमा नौ वटा घर भत्किएको छ भने झन्डै २ हजार बिगाहामा लगाइको धान बाली डुबानमा परेको छ ।

प्रतिक्रिया