कावासोती र देवचुलीमा प्लास्टिकजन्य प्लास्टिकजन्य फूलगुच्छा बिक्रीमा रोक


कावासोती, असोज ५ गते। नवलपरासी(बर्दघाट सुस्तपूर्व)को कावासोती र देवचुली नगरपालिकामा प्लास्टिकजन्य फूलगुच्छा, झल्लर, माला लगायतका सामग्री बिक्रीमा प्रतिबन्ध लगाइएको छ। नेपालीको मुख्य पर्व विजया दशमी, शुभ दीपावली, छठ लगायत विभिन्न मेला महोत्सव तथा अन्य सभा समारोहमा प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न नगरपालिकाले सूचना मार्फत जानकारी गराएको हो।

वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्नुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने हुँदा प्लास्टिक जन्य फूलगुच्छा, झल्लर, माला लगायतका सामग्री बिक्री वितरण प्रतिबन्ध लगाउने निर्णय गरेको नगर उपप्रमुख फूलकुमारी थनेतले बताउनुभयो।

स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने हुँदा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि पनि नगरले यो निर्णय गरेको उहाँले बताउनुभयो।

स्थानीयस्तरमा उत्पादित पुष्प खेतीले बजार नपाएको गुनासो आएकाले अहिले चाडपर्व अगाडि सूचना जारी गरिएको उपप्रमुख थनेतले जानकारी दिनुभयो।

यो निर्णयले व्यावसायिक पुष्प खेती गर्ने किसानलाई लाभ पुग्ने विश्वास उहाँको छ।

 

प्रतिक्रिया