बाल विवाह र लागूपदार्थ दुर्व्यसन सम्बन्धी अभिमुखीकरण कावासोती ११ मा सम्पन्न


कावासोती ११ को मुसहर बस्तीमा बालबालिका र किशोरकिशोरीहरुलाई बाल विवाह र लागुपदार्थ दुर्व्यसन सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिएको छ । सो कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, नवलपुर किशोरी संजाल, कावासोती वडा नं ११ को कार्यालय र टोल स्तरीय बालक लवको समन्वयमा सम्पन्न भएको सहजकर्ता राधा बोटेले बताउनु भयो ।

कार्यक्रममा सहभागीलाई बाल विवाह भनेको के हो? बाल विवाह हुनुका कारणहरू, बाल विवाह र लागूपदार्थ दुर्व्यसनले शारीरिक, मानसिक र सामाजिक रूपमा पार्ने असरहरू, बाल विवाह र लागूपदार्थ दुर्व्यसन रोकथाम र न्यूनीकरणमा बाल क्लव, अभिभावक र किशोर किशोरीहरुको भूमिकाको बारेमा, बाल विवाह हुन लागेको थाहा पाएमा कुन कुन निकायहरूमा समन्वय र सम्पर्क गर्न सकिन्छ ? भन्ने विषयहरूमा अन्तर्क्रिया र छलफल गरिएको थियो ।

कार्यक्रममा सहजकर्ता राधा देवी बोटेले कावासोती नगरपालिकामा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भई रहेका गतिविधिहरू र टोल समुदायमा प्रत्यक्ष रूपमा भइरहेका देखिरहेका बाल विवाह र लागूपदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्ने उद्देश्यले बालबालिका र अभिभावक लक्षित कार्यक्रम गरिएको जानकारी दिनु भएको थियो । त्यस्तै गरी छलफलका क्रममा अभिभावकहरूले बाल विवाह र लागूपदार्थ दुर्व्यसनका समस्याहरूले गर्दा टोल समुदायमा भएका, देखिएका र भोगेका अनुभवहरू समेत बताउनु भएको थियो ।

यसको न्यूनीकरणको लागि सबैले महत्त्वपूर्ण चासो र पहल गर्नुपर्ने बताएका थिए । बालबालिका विद्यालय जाने उमेरका नै धूम्रपान र मद्यपानमा फस्ने गरेकोले विद्यालयमा लक्षित अभियानहरू गर्नुपर्ने बताएका थिए । टोल स्तरीय बाल क्लवको सदस्य एलिसा मुसहरको सभाध्यक्षयतामा भएको उक्त कार्यक्रममा अभिभावक, बालबालिका, किशोर किशोरी, साथी शिक्षकहरू र सहजकर्ता राधा देवी बोटेको सहभागिता रहेको थियो । सो कार्यक्रमलाई किशोरी अभियन्ताहरू कृष्णा देवी माझी र अनिता नेपालीले सहजीकरण गरेका थिए ।उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया