विकूको रक्तदान कार्यक्रममा एकैपटक ८२७ जनाद्वारा रक्तदान


गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२७ जनाले रक्तदान गरेका छन् । यस क्षेत्रमा नै एकैपटक धेरै रक्तदान संकलन भएको यो सम्भवत पहिलो हुन सक्ने जनाइएको छ ।

विकूले संस्थाको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार एकैपटक ४ स्थानमा रक्तदान कार्यक्रम गरेको हो । गैँडाकोट ८ को विजय विकास स्रोत केन्द्र, गैँडाकोट १६ को अमरापुरी सेवा केन्द्र, कावासोती ३ को कावासोती सेवा केन्द्र र रत्ननगर १ चितवनको पूजा सेवा केन्द्रमा एकसाथ रक्तदान कार्यक्रम गरेको हो ।

गैँडाकोट ८ को विजय विकास स्रोत केन्द्रमा भएको रक्तदानमा २०१ जना, गैँडाकोट १६ को अमरापुरी सेवा केन्द्रमा २५८, कावासोती ३ को कावासोती सेवा केन्द्र २८१ र रत्ननगर १ चितवनको पूजा सेवा केन्द्रमा ८७ जना गरी ८२७ जनाले रक्तदान गरेको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गैँडाकोटमा संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटा, अमरापुरी उपाध्यक्ष यमुनाथ आचार्य, चितवनमा सचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ र कावासोती कोषाध्यक्ष कालिदास गौडेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गरी मानवीय सेवामा सरिक भएको रक्तदाता महानुभावहरुलाई आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया