बागेश्वर बाबाले शास्वतधाममा आज देखि हनुमान कथा प्रबचन गर्नु हुदै
मध्यविन्दु,२ भदौ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कौली स्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रबचन सुरु हुदै छ ।
भारत स्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री(बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिन सम्म हनुमान कथा प्रबचन गर्नु हुने चौधरीगु्रपका प्रबन्धक रामचन्द्र धितालले बताउनु भयो ।
बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान साढे ८ बजे काठमाण्डौवाट भरतपुर बिमानस्थल हुदै दुम्कौली स्थित शास्वतधाममा आउने धितालले बताउनु भयो ।
“शास्वतधाममा सोमबार सम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नु हुने छ”उहाँले भन्नु भयो “हनुमान कथा प्रबचनका लागि अवाश्यक सम्पुर्ण तयारी पुरा भएको छ ।”
तीन दिन सम्म दैनिक करिब ११ हजार भन्दा धेरैले कथा सुन्ने ब्यबस्था मिलाइएको प्रबन्धक धितालले बताउनु भयो । शास्त्रीको कथा सुन्नकालागि शास्वतधाममा प्रबेशकालागि अनलाइन पासको ब्यबस्था गरिएको छ ।
शास्वतधाम स्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले बताउनु भयो ।
उद्योगपती एवं प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले निर्माण गर्नु भएको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आउनु भएको हो ।
शास्वतधाम हिन्दु धर्मका सबै देवी देवताको एकै थलोमा पुजा गर्न सकिने मन्दिरका रुपमा चर्चित रहेको छ । शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणिय र आर्कषक शैलीको हिन्दु मन्दिर हो । यहाँ संस्कृत गुरुकुल समेत संचालन गरि कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुदँै आएको छ ।
आउदो सोमवार शास्त्री चितवनको मेघौली स्थित होटल ताज शेराइमा रहने र भोलीपल्ट काठमाण्डौ हुदै राती दिल्ली जाने कार्यक्रम तय भएको धितालले बताउनु भयो ।