गोल्डेन इमिनेन्ट इन्टरनेशनलद्धारा विभिन्न पदमा कर्मचारी माग, आर्कषक तलव दिइने


चितवन । चितवनको भरतपुरमा रहेको गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले चितवन र काठमान्डौको कार्यालयका लागि विभिन्न पदमा १० जना कर्मचारीहरु आह्वान गरेको छ ।रिसेप्सन, डकुमेन्ट अफिसर, काउन्सिलर, बजार प्रमुख र कोरियन भाषा शिक्षक आवश्यकता परेको जनाएको छ ।

हरेक पदमा एकएकजना दक्ष जनशक्ति आवश्यक परेको भन्दै गोल्डेन इमिनेन्टले इच्छुक आवदेकहरुले योग्यताको आवश्यक प्रमाणपत्र सहित अनलाइनबाटै निवेदन दिन सकिने जनाएको छ ।गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले चितवन र काठमान्डौ कार्यालयका लागि १० जना दक्ष कर्मचारीहरु माग गरेको भन्दै कामको प्रकृति हेरेर आर्कषक सेवासुविधा उपलव्ध गराइने जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नं. १० स्थित चितवन मेडिकल कलेज अगाडी मुख्य कार्यालय रहेको गोल्डेन इमिनेन्टले गतवर्षदेखि काठमान्डौको बागबजारमा शाखा कार्यालय सञ्चालमा ल्याएको छ ।विगत १० वर्षदेखि सेवा पुर्याउदै आएको गोल्डेन इमिनेन्ट इन्टरनेशलले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरियामा नेपाली विद्यार्थीहरु पठाउदै आएको छ । उत्कृष्ट डकुमेन्टेशन र सत्यतथ्य परामर्शका कारण गोल्डेन इमिनेन्टले विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल भएको छ ।

 

इच्छुक आवेदकहरुले तल दिइएको इमेल र फोन मार्फत आवदेन दिनसक्नेछन् ।

infoeminent.edu@gmail.com  info@goldeneminent.com

  056-536953  985-5077061⁩

प्रतिक्रिया