देवचुली नगरपालिकामा महिलाहरुका लागि क्षमता विकास तालिम


देवचुली,१२ वैशाख,
देवचुली नगरपालिकामा महिलाहरुका लागि उद्घोषणकला, नेतृत्व विकास तथा लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।
देवचुली नगरपालिकाको सवै वडाहरुलाई समेट्ने गरी दुई चरणमा सञ्चालन गरिने तालिमको मंगलबार नगर प्रमुख हरी प्रसाद न्यैपानेले उद्घाटन गर्नु भएको हो ।


तालिमको उद्घाटन गर्नु हुदैँ नगरप्रमुख न्यौपानेले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।
नगरपालिकाको सेवा प्रवाहा,विकाश निर्माण, सुशासन लगाएतका विषयमा खवरदारी गर्नका लागि पनि वाककलामा दक्ष बन्नु आवश्यक रहेको उहाँले बताउनु भयो ।


तालिममा सिकेको कलाले मौलिक तथा सिर्जनात्मक सोचको विकास गर्न सघाउने हुदा नगरपालिकाले आगामि दिनमा थप रचनात्मक कार्यहरु सञ्चाल गरिने नगर प्रमुख न्यौपानेले बताउनु भयो ।
पहिलो चरणमा देवचुली नगरपालिकाका विभन्न वडाका ४० जना महिलाहरुको सहभागिता रहेको तालिममा पत्रकार बिष्णु गौडेलले सहजिकरण गर्नु भएको थियो ।

 

प्रतिक्रिया