काेराेनाले वैदेशिक रोजगारी प्रभावित, अब श्रम स्वीकृति लिन नपाउने


काठमाडौं – नेपाली कामदार वैदेशिक रोजगारका लागि अब विदेश जान नसक्ने भएका छन् । कोरोना भाइरसको दोस्रो लहरको महामारी तिव्र रुपमा फैलिन थालेका कारण वैदेशिक रोजगार बन्द हुने अवस्थामा पुगेको हो ।

चालू आर्थिक वर्षभित्रमै पनि साउदी अरेबियामा एक लाख १७ हजार कामदार गएका छन् । साउदी अरबमा अहिले ५० हजारभन्दा बढी जाने तयारीमा थिए ।

तर, अब जान नपाउने भएका छन् । अब श्रम स्वीकृति लिन नपाउने अवस्था भएको छ । अहिले सयौँको सङ्ख्यामा काठमाडौं आइसकेका छन् । उनीहरूलाई कसरी सेवा दिने भन्ने विषयमा आज छलफल हुने भएको छ ।

पछिल्लो समय साउदी, कतार, बहराइनबाट कामदारको माग आएको थियो । त्यस्तै, कतार जाने तयारीमा रहेका ४० हजार पनि अहिलेको भाइरसका कारण रोकिएका छन् ।

प्रतिक्रिया