अमेरिका हिंडेका रुकुम मुसीकोटका २८ वर्षीय नेपाली युवाको घानामा मृत्यु


काठमाडौं – गैरकानुनी रुपमा अमेरिका जान भनेर हिंडेका एक नेपाली युवाको अफ्रिकी देश घानामा मृत्यु भएको छ ।  अज्ञात बाटोबाट अमेरिका हिंडेका रुकुम मुसीकोटका २८ वर्षीय रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको हो ।

उनले अमेरिका जानको लागि चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएको खुलेको छ । १० दिनअघि सियरा लियोनको फ्रिटाउनबाट अक्रा पुगेका बोहराको मृत्यु मलेरियाबाट भएको दक्षिण अफ्रिकास्थित नेपाली चिकित्सक एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य संयोजक डा.सरिता पाण्डेले जानकारी दिइन् ।

मलेरियाले ग्रस्त बनाएको अवस्थामा इमिरेट्स एयरलाइन्सले उनलाई अक्रा एयरपोर्टको ट्रान्जिटमा अलपत्र छाडिदिएको थियो । बोहराको गम्भीर स्वास्थ्य स्थितिका बारेमा जानकारी पाएपछि घानास्थित भारतीय उच्चायुक्त, गैरआवासीय भारतीय तथा नेपाली समुदायले उनको उपचारमा सहयोग गर्दै आएका थिए । उपचारकै क्रममा शनिबार उनको मृत्यु भएको हो ।

प्रतिक्रिया