सन्तोष शाह: ‘नेपाली खाना लिएर मास्टरशेफ यूकेमा फेरि जाँदैछु'(भिडियाे)
काठमाडाैं – गत वर्ष मास्टरशेफ यूकेको प्रतिस्पर्धामा नेपाली खाना पकाएर निकै प्रशंसा बटुलेका सन्तोष शाह सो प्रतिस्पर्धामा पुनः सहभागी हुन लागेका छन् । ‘रिम्याच’ भनिने उक्त विधामा मास्टरशेफ यूकेका अन्तिम चार प्रतिस्पर्धीले भाग लिन पाउने बताइन्छ। उनी गत वर्षका उपविजेता हुन् ।
नेपालको सिराहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँमा जन्मेका शाहले गत वर्ष नेपाल आएर विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाहरूको अध्ययन गरेर ‘आयला’ नामको पुस्तक समेत प्रकाशन गरेका छन् ।
नयाँ नेपाली खानासहित प्रतिस्पर्धामा सहभागी हुने बताउँदै उनले विजेता बन्ने लक्ष्य लिएका छन् । बीबीसीका कमल परियारले बनाएको यो भिडियाेः