संविधान दिवसको अवसरमा हुप्सेकोट गाउँपालिकामा सरसफाई अभियान सुरु


संविधान दिवस २०७९ को अवसरमा हुप्सेकोट गाँपालिकाले सरसफाई अभियान सञ्चालन गरेको छ । यस वर्षको संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको गाउँपालिकाले आईतबार सरसफाई अभियान सुरु गरेको हो ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेले फुलपार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ अभियान सबै वडाहरुमा सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो । गाउँपालिकाका जनप्रतिनिधीहरु, कर्मचारी, शिक्षक, विद्यार्थी, सर्वसाधारण सहितको सहभागितामा झ्यालवास र गिरुवारी बजार क्षेत्र सरसफाई गरि अभियानको सुभारम्भ गरिएको हो । सरसफाई कार्यलाई नियमित र व्यवस्थित गर्नु पर्ने गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वताउनु भयो । गाउँपालिका भित्र फोहर व्यवस्थापन गर्न गाउँपालिकाले फोहर संकलन गर्ने ट्याक्टर सञ्चालन गरेकाले सरसफाई अभियानलाई निरन्तरता दिन अध्यक्ष पाण्डेले आग्रह गर्नु भयो ।


सँविधान दिवस २०७९ को अवसरमा गाउँपालिकाले असोज ३ गते विहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी असोज ३ गते नै गाउँपालिका प्राङगढमा संविधान दिवस मुल समारोह कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया