नेप्से २.१६ प्रतिशतले घट्यो, २ अर्ब ८१ करोडको कारोबार


साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार नेप्से ४५.४२ अंक (२.१६ प्रतिशत) ले गिरावट भएर २०६०.७३ अंकमा बन्द भएको छ ।

सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुादा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९.९७ प्रतिशतले वृद्धि भएको छ । हिमालयन पछि धेरै कमाउनेमा गुराास लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर लगायत रहेका छन् ।मंगलबार सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यस्तै गणपति पछि धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर लगायत छन् ।

प्रतिक्रिया