किशोरीहरुको सशक्तीकरणका लागि मध्यविन्दु नगरपालिकामा किशोरी केश पहिचान कार्यक्रम ।।


पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा किशोरीहरुको सशक्तीकरणका लागि आवश्यक रणनिति तय गर्न केश पहिचान कार्यक्रम गरिएको छ । उपप्रमुख चेली बचाउ, चेली पढाउ कार्यक्रम अन्तरगत मध्यविन्दु नगरपालिकाको १ देखि ४ नम्वर वडा सम्मका किशोरी प्रतिनिधीहरुको सहभागितामा केश पहिचान कार्यक्रम गरिएको हो ।

नगरपालिकाका १५ वटै वडाहरुका किशोरीहरुको सहभागितामा तीन चरणमा सञ्चालन गरिने कार्यक्रमको पहिलो चरण मध्यविन्दु २ कोल्हुवामा गरिएको हो । कार्यक्रममा सहभागि किशोरीहरुले गाउघर देखि स्कुल सम्म भोग्नु परेका समस्या तथा सुधारका पक्षमा आवाज उठाएका थिए । गाउघरमा कुलतमा फसेका युवाहरुले गर्दा असुरक्षा वढेको , बालविवाहा वढेको लगाएतका समस्याहरु वताएका थिए ।

कार्यक्रममा वोल्दै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बालवालिका र किशोरीहरुको सर्वोत्तम हितका लागि कटिवद्ध रहेको वताउनु भएको थियो । मुलुकको भोलिको भविष्य बोकेका बालवालिका र किशोरकिशोरीहरुका लागि नगरपालिका सधै साथमा रहेको उहाले बताउनुभयो । सिकेर कहिल्यै पनि नसकिने भन्दै आफुले जानेका सिप र ज्ञानलाई विद्यालय र समुदायमा सिकाउन आग्रह गर्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत खनालले किशोरीहरुमा देखिएको आत्मविश्वासले आफुलाई खुसी लागेको भन्दै आगामी दिनमा थप किशोरीको नेतृत्व र क्षमता विकासका लागि आवश्यक तालिमहरु नगरपालिकाले संचालन गर्ने बताउनुभयो ।

सोहि अवसरमा मध्यविन्दु नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष तिलक राम न्यौपानेले वडा भित्रका सवै किशोरीहरुको सुरक्षा र विकाशका लागि आफु लागि पर्ने वताउनु भयो । आफ्नै पहलमा अनाथ अशाहाय विधार्थिहरुका लागि अक्षकोष स्थापना गरिएकाले वडा भित्रका सवै वालवालिकालाई शिक्षा अनिवार्य गर्ने वताउनु भयो ।

त्यसैगरी वडा नम्वर २ का वडा अध्यक्ष रामभक्त अधिकारीले शिक्षा,स्वास्थ्य र अवसरका क्षेत्रका वडा सधै लागि पर्ने वताउनु भयो ।

वडा नम्वर ३ का वडा अध्यक्ष मानबहादुर महतोले विपन्न विधार्थिहरुलाई निशुल्क शिक्षाका लागि जुटेको वताउदै यो वर्ष ५ जना वालवालिकालाई छात्रवृत्ति दिने व्यवस्था मिलाएको वताउनु भयो । योजना छनौट गर्दा बालवालिकाको पनि सहभागितालाई प्राथमिकता दिइएको उहाले वताउनु भयो ।

कार्यक्रममा पत्रकार बिष्णु गौडल र बालअधिकारकर्मि दिपक शर्माले सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया