एमाले केन्द्रीय कमिटी बैठक : सातै प्रदेशमा ताेकियाे अध्यक्ष र इन्चार्ज


काठमाडाैं – नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज बिहीवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेकेकाे हाे ।

बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई ताेकेकाे छ । यस्तै प्रदेश २ को अध्यक्षमा राम अवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन भएका छन् ।

यस्तै लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन भएका छन् ।यस्तै केन्द्रीय कमिटी बैठकले  काठमाडाैं उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ ।

प्रतिक्रिया