राष्ट्रपति भण्डारीकाे चन्द्रागिरि घुमफिर, आज शीतल निवास फर्किँदै


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ घुमफिरका लागि चन्द्रागिरि बास बस्न पुगेकी छिन् । सोमबार राति उनी चन्द्रागिरि रिसोर्टमा बास बसेको शीतल निवास स्रोतले जनाएको छ । शितल निवास स्रोतका अनुसार सोमबार राति राष्ट्रपति भण्डारीले टिपकल नेपाली खाना खाएकी थिइन् ।

स्रोतले भने अनुसार, ‘राष्ट्रपति ज्यूको मेनुमा सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात थियो ।’ उनी आज शीतल निवास फर्किने जनाइएको छ । चन्द्रागिरि व्यवस्थापन स्रोतका अनुसार राष्ट्रपति भण्डारीले चन्द्रागिरि केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँ अवलोकन गरेकी छन् ।

कुनै औपचारिक कार्यक्रमका लागि नभई उनी केवल ‘रिफ्रेस’ का लागि चन्द्रागिरि गएको स्रोतले जनाएको छ । सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा राष्ट्रपति भण्डारी माइक्रो चढेर चन्द्रागिरि गएको देखिन्छ ।

प्रतिक्रिया