सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांशको प्रस्ताव


काठमाडौं – सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

प्रतिक्रिया