भारतीय प्रधानमन्त्री मोदीको आज जन्मदिन, भाजपाकाे २० दिने अभियान सुरु


नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (शुक्रबार) आफ्नो जन्मदिन मनाउँदै छन् । यस उपलक्ष्यमा उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले २० दिनसम्मको भव्य कार्यक्रम आयोजना गर्दैछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको जन्मदिन भाजपाले २० दिनसम्म ‘सेवा र समर्पण अभियान’ सञ्चालन गरेर मनाउने भएको हो । यो अभियान अक्टोबर ७ तारिखमा समाप्त हुनेछ ।

आज सेप्टेम्बर १७ का दिन प्रधानमन्त्री मोदीको ७१ औं जन्मोत्सव परेको हो । यस्तै उनी २० वर्षअघि अक्टोबर ७ का दिन गुजरातको मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया