४४ लाख डोज भेरोसेल बिहीबार, १ लाख डोज फाइजर एक हप्ताभित्र नेपाल आउने


काठमाडौं – कोरोनाभाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप बिहिबार नेपाल आउने भएको छ । सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।

व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका अनुसार खोप लिनका लागि भदौ ३० गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने तयारी छ ।

यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ। साथै सरकारले यही साताभित्र १ लाख डोज फाइजर खोप ल्याउने भएको छ ।

स्तनपान गराइ रहेका महिला र १२ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुलाई लगाउन खोप ल्याउन लागिएको स्वास्थ्य  मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया