तालिबानसँग लड्न पन्जसिरमा ‘नौं हजार लडाकु तयार’


काबुल – अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसकेको तालिबानलाई त्यहाँको पन्जसिर प्रान्त भने चुनौती बन्ने देखिएको छ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ वटा आफ्नो नियन्त्रणमा लिइसकेको तालिबानले अहिलेसम्म आफ्नो पहुँचमा पार्न नसकेको एक मात्र प्रान्त बनेको छ– पन्जसिर । जहाँ अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेह पनि बसिरहेका छन् । तालिबानविरुद्ध युद्ध छेड्ने चेतावनी दिइरहेका छन् । यहाँ अहमद मसुद विद्रोही नेताहरूसँग सहभागी हुँदै लडाईंका लागि तयारीमा जुटेका छन् । उनले अफगानिस्तानको पूर्व सरकारका सेना र तालिबानविरोधीहरूलाई एकजुट गराइरहेका छन् ।

रेजिस्टेन्स फ्रन्टका प्रवक्ता अलि मैसम नजारीले न्युज एजेन्सी एएफपीसँग तालिबानविरुद्ध झण्डै ९ हजार लडाकु तयार पारिएको बताएका छन् । तिनलाई तालिम दिने क्रम जारी रहेको उनले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हामीसँग गाडी र हतियार पनि छन् ।’

उनले आफूले सरकार सञ्चालनका लागि नयाँ व्यवस्था चाहेको र यसका लागि वार्ता गर्न तयार रहेको पनि बताएका छन् । साथै आवश्यक परे युद्ध गर्नबाट पनि पछि नहट्ने चेतावनी उनले दिएका छन् । एजेन्सी

प्रतिक्रिया