रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


बुटवल, जेठ १२ गते । रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलको जितगढी र तिलोत्तमाको ड्राइभरटोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुईजना युवाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका ६ का डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घटनामा गम्भीर घाइते भएका डुम्रेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बुटवल उपमहानगरपालिका–२ जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका ४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्यालले चलाएको प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल शुक्रबार राति १०ः३० बजे जितगढीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यृ भएको थियो ।

प्रतिक्रिया