पत्रकार महासंघ नवलपुर आफ्नै भवनमा


नवलपुर — नेपाल पत्रकार महासंघ नवलपुरले आफ्नै भवनबाट कार्यालय सञ्चालन गरेको छ । महासंघले बिहीबार आफ्नै नवनिर्मित भवनमा  कार्यालय सारेको हो ।

भाडामा रहँदै आएको महासंघको कार्यालय कावासोती-३ स्थित आफ्नै कार्यालयमा सरेको हो । नवनिर्मित कार्यालय भवनको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुषालले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भुषालले समाजका हरेक पक्षमा खबरदारी गर्ने र जनतालाई सही सुचना प्रवाह गर्नेमा पत्रकार लागिपर्नुपर्ने बताए । संचार क्षेत्रको विकास र प्रवर्द्धनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले महासंघमा आवद्ध सदस्यको पेशागत विकास संगै भौतिक पुर्वाधारकोरुपमा आफ्नै भवनमा कार्यालय संचालनले संस्थागत विकासमा टेवा पुर्‍याउने बताए । संघको कार्यालयलाई ई-लाईब्रेरीकोरुपमा विकास गर्नुपर्ने शर्माले बताए ।

कार्यक्रममा शाखाका अध्यक्ष विरेन्द्र पराजुलीले आफ्नो कार्यकालमा आफ्नै भवनमा कार्यालय सार्ने प्रतिबद्धता पूरा गरेको बताउँदै सहयोगी संघसंस्थालाई धन्यवाद ब्यक्त गरे ।

प्रतिक्रिया